महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा उद्यमशिलता तथा रोजगारप्रवद्र्धन केन्द्र स्थापनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । वेदकोट नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा र निड्स नेपालको समन्वय र सहकार्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले गर्नु भएको थियो ।
भने उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, उद्योग व्यवसायीहरु, क्रसर उद्योग, ईट्टा व्यवसायीहरु, गैर सरकारी संस्थालगायतको उपश्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोज राज बोहराले दिर्गकालिन रुपमा परिवर्तन ल्याउने, रोजगारीको सिर्जना गर्ने योजनाहरु, तालिमहरु संचालन हुनुपर्ने बताउनु भयो । निजी क्षेत्रमा बढी भन्दा बढी रोजगारी दिन सक्ने खालको क्षेत्र भएकाले सबैले पालिकासंग समन्वय गरेर पालिकाले पनि सहकार्य गरी पालिकामा रहेको बेरोजगारलाई रोजगारी दिने काम हुने बताउनु भयो ।
दोधाराचाँदनीमा निर्माण भईरहेको सुख्खा बन्दरगाह, दैजी औद्योगिक क्षेत्रले सुदूरपश्चिममा विकासको लहर ल्याउने र अधिकाँशले त्यही रोजगार पाउने किसिमले कार्य भईरहेको बताउनु भयो । दैजी औद्योगिक क्षेत्र संचालनमा आउँदा सम्म आफु जनप्रतिनिधी को रुपमा नभए पनि आउने जनप्रतिनिधीहरुले पनि काम गर्ने र अहिले पनि आफूहरुले संचालनमा ल्याउनका लागि पहल गरीरहेको बताउनु भयो ।
यस्तै, वेदकोट नगरपालिका उपप्रमुख तुलसी जोशीले विगतका दिनदेखी विभिन्न सिप मुलक तालिम सिप मुलक आय मुलक तालिम प्रदान गरेररोजगार बनाएको बताउनु भयो । सिप सिकेर अहिले धेरैले आम्दानी पनि गरिरहेको र आफनो परिवारलाई आर्थिक रुपमा अगाढी बढाई रहेको बताउनु भयो ।
साथै अहिले पनि योजना बनाउने क्रममा आगामी दिनमा यस्तै आय मुलक र रोजगारी सिर्जना गर्ने खालका योजनाहरु राखेर काम गरिने बताउनु भयो । बजारको मागमा आधारित तालिमहरु संचालन गर्न सके मात्रै रोजगारी पनि बढेर जाने उहाँको भनाई रहेको छ ।
वेदकोट नगरपालिका रोजगार संयोजक भोजराज अवश्थीले पालिकामा रहेको बेरोजगार व्यक्तीहरु लाई लक्षित गरी उनिहरुलाई आन्तरिक रोजगार सिर्जना गर्न कार्यक्रमको अयोजना गरिएको बताउनु भयो । अहिलेको वेरोजगारीको अवस्थालाई न्युनिकरण गर्न नागरिकको जिवन स्तरलाई सुधार गर्न पनि यसको अहम भुमिका रहने बताउनु भयो ।
Source: https://shuklaphantakhabar.com/